२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

दुधकोशी सामुदायिक अस्पतालको एक वर्ष पूरा, ४३३२ जनाले पाए सेवा


३ आश्विन २०८०, बुधबार  

122
Shares

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सञ्चालित दुधकोशी सामुदायिक अस्पतालले उद्घाटनको एक वर्ष पूरा गरेको छ । सो अवधिमा थुलुङ दुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका लगायतका ४३३२ जना विरामीले स्वास्थ्य उपचार पाएका छन् ।

अस्पतालले ओपिडी, एक्सरे, इसिजी, यूएसजि, डेन्टल ओपिडी, डेन्टल एक्सरे, आँखा सेवा र माइनर ओटी सेवा प्रदान गर्दै आएको छ । जेष्ठ नागरिकलाई ५० प्रतिशत, असक्त, अपांग र गरिबीको रेखामुनिका विरामी र सामान्य प्रसुतिलाई सतप्रतिशत छुटमा उपचार सेवा उपलब्ध गराउदै आएको अस्पताल प्रशासनले जनाएको छ ।

बुधबार अस्पताल परिसरमा वर्षगाँठ मनाउदै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले पालिका नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउन सदैव प्रतिबद्ध रहेको बताए । उनले जनसाझेदारीमा निर्माण गरिएको अस्पतालले नागरिकमैत्री सेवा प्रवाह गरिरहेको दाबी गर्दै गाउँमै स्वास्थ्यपोचार गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गरेको बताए ।

अस्पताल निर्माणका लागि मुक्लीमा श्रीमत भागवत महायज्ञ सञ्चालन गर्नुका साथै देशविदेशमा आर्थिक संकलनको अभियान सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ११ : ४३ बजे