२७ आश्विन २०८१, आइतबार | Sun Oct 13 2024

मेयर शेर्पाले गरे सल्लेरी–खुम्बु कालोपत्रे सडक खण्डको शिलान्यास


३ आश्विन २०८०, बुधबार  

246
Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्वु शेर्पाले सल्लेरी–सिल्गुडीडाँडा–काँकु–बासा–वार्लाङघाट–जुभिङ–खरिखोला–लुक्ला–खुम्बु कालोपत्रे सडक खण्डको शिलान्यास गरेका छन् । बुधबार सोलुदुधकुण्ड ४ शेर्गामा आयोजित कार्यक्रममा शेर्पाले सो सडक खण्डको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शेर्पाले यो सडक माप्य दूधकोशी र खुम्बु पासाङ ल्हामु गाउँपालिकाका जनताको ‘लाइफ लाइन’ सडक भएकाले यसलाई समयमै सम्पन्न गर्नु पर्ने दायित्व रहेको बताएका छन् । खुम्बु क्षेत्रमा पर्यटन प्रबर्द्धनका लागि यो सडक खण्ड महत्वपूर्ण हुने बताउंदै उनले माप्य र खुम्बुका जनताहरुको जीवनस्तर सुधारमा कोसेढुंगा सावित हुने बताए ।

२०८३ असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्ने गरी चम्पेश्वर–पि.एम.निर्माण जे.भी.ले ठेक्का पाएको छ । कालोपत्रेसहितको सडक स्तरोन्नतीको काम सडक डिभिजन हर्कपुरको बजेट भ्याटसहित ४० हरोड ९० लाख ८४ हजार ९३८ रुपैयाँमा गरिनेछ ।

परियोजना अन्तरगत सडक चौडा गर्ने, ग्याविन रिटेन्नीङ वाल, ग्याविन ब्रेस्ट वाल निर्माण, आर.सि.सि. स्ल्याब कल्र्भट निर्माण, सडक ग्राभेल गरी कालोपत्रे लगायतका काम गरिने निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ३ : २३ बजे