२७ आश्विन २०८१, आइतबार | Sun Oct 13 2024

माओवादी केन्द्र सोताङको काठमाडौंमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न


३ आश्विन २०८०, बुधबार  

334
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र (सोताङ–काठमाडौं समन्वय समिति तथा सोताङ गाउँपालिका)को समन्वयमा काठमाडौंमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

संविधान दिवसको अवसर पारेर चावहिल (गोपिकृष्ण)मा भएको अन्तरक्रियामा पार्टीको ३ महिने अभियानको रिपोर्टिङ, कार्यकर्ता प्रशिक्षण र आगामी रणनीति तय गरिएको माओवादी केन्द्र सोताङका अध्यक्ष गोविन्द नाछिरिङले जानकारी दिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुमा सोताङ ३ का नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु अमर बहादुर राई, गौरब नाछिरिङ, किरण राई, लीला राई, सोताङ ३ कै कांग्रेस टोल समिति सभापति मिलन नाछिरिङ, सोताङ २ का अशोक राई, नेकपा एमाले परित्याग गरी मन कुमारी श्रेष्ठ राई, अनिता राई, संचिता राई लगायत छन् ।

स्थायी कमिटी सदस्य तथा लेखा समितिका संयोजक एवम् सोलुखुम्बु र उदयपुर अनुगमन तथा समन्वयकर्ता पेसल खतिवडाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका सोलुखुम्बु इन्चार्ज निर्मल बराल, सोताङ–महाकुलुङ समन्वय समितिका इन्चार्ज शंकर राई, माओवादी केन्द्र कोशी प्रदेशका सह–सहसचिव सागर किराँती, सोताङ गाउँपालिका इन्चार्ज ध्रुब पराजुली, वामपन्थी नेता भिमराज राई लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ६ : २२ बजे