सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा विशेष कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइएको छ ।
जिल्ला समन्वय समिति परिसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्ण निरौलाले इमानदारीपूर्वक संविधानको पूर्ण कार्यान्वयन गर्न सके सुरक्षित र सम्पन्न बन्न सक्ने बताए । उनले भने, ‘संविधानको मर्म र भावना अनुसार कार्यान्वयनमा हामी सबैले जोड दिनुपर्छ ।’
सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले ‘नेपालको संविधान २०७२’ नागरिक हक अधिकार सुरक्षित गरेको संविधान भएको थप सुसूचित आवश्यक रहेको बताए । ‘संविधानका प्रावधानमा सबै वर्ग समुदायले अपनत्व अनुभूति हुन सने वातावरण बने मात्रै स्थायित्व र सुशासनको परिकल्पना गर्न सकिन्छ ।’उनले भने ।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईसहित जिल्लाका सुरक्षा निकायका प्रमुख, नेकपा एमालेका जिल्ला अध्यक्ष डुफ कुमार बास्तोला, सङ्घीय समाजवादीका अध्यक्ष नरेन्द्र मगर लगायतको उपस्थिति रहेको थियो ।