३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

संविधान दिवसको अवसरमा नेविसंघको चियापान कार्यक्रम


४ आश्विन २०८०, बिहिबार  

86
Shares

संविधान दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्लाकार्यसमिति सोलुखुम्बुले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेस पार्टी कार्यालय बसन्तबजार सल्लेरिमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आथित्यता नेपाली काँग्रेस सोलुखुम्बुका नेता तथा जिल्ला समन्वय समिती सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको विशष्टआथित्यतामा कार्यक्रम गरिएको हो ।

नेपाली कांग्रेसका सभापति शेर्पाले संविधानलाई अझ व्यवस्थित ढङ्गले कार्यान्वयन गर्न कांग्रेसले नै नेतृत्व लिनुपर्नेमा जोड दिए ।

नेपाल विद्यार्थी संघ सोलुखुम्बुका अध्यक्ष नवीन बस्नेतको सभापतित्त्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य एवं सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धिमाया तामाङ, नेपाली कांग्रेसका कोषाध्यक्ष तेजिङ शेर्पा, नेपाली कांग्रेस सोलुखुम्बुका पुर्व सचीव एवं वर्तमान कार्यम्पादन सदस्य चन्द्र आचार्य प्रदेशसभा ख का कोषाध्यक्ष सानुमाया राजभण्डारीको उपस्थिती रहेको नेविसंघका जिल्ला सचिव मोहकृष्ण निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ८ : १४ बजे