१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

‘मायाको झटारो’हान्दै मणिराज र अञ्जु (भिडियो)


५ आश्विन २०८०, शुक्रबार  

190
Shares

काठमाडौं । गीतकार मणिराज बस्नेत अब गायक बनेका छन् । केहि हप्ता अघि नेपाल आएका बस्नेतले गायिका अञ्जु गौतमसँग ‘मायाको झटारो’बोलको गीत गाएका छन् ।

मनि इन्टरटेनमेन्टमार्फत अपलोड गरिएको गीतमा मणिराज बस्नेतको शब्द र युवराज पर्टेलले संगीत भरेका छन् । गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ ।

स्टुडियो किङ्गमा रेकर्ड गरिएको गीतको स्टुडियो लिप्सिङ भिडियो सार्वजनिक गरिएको छ ।

बस्नेतले यसअघि ‘नौलो परदेशी’, ‘मायाले सतायो’, ‘गुलेली मट्याङग्रा’, ‘मायाले बोलाको’, ‘पोल्छ मुटु’, शंकैशंकाले’, ‘परदेशी जीवन’, ‘फर्क हे फर्क परदेशी’, ‘प्रवासी मन’लगायतका गीत संगीत बजारमा ल्याइसकेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ११ : ३९ बजे