सोलुखुम्बु । रीड नेपालकोआयोजना, अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोग तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा विद्यालयमा गठित बालक्लबलाई बाल अधिकार संरक्षण, लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।
तालिममा २८ जना बालक्लबका पदाधिकारी तथा १२ जना जेन्डर फोकल शिक्षकको उपस्थिति रहेको शिक्षा विकास अधिकृत विष्णु प्रसाद उपाध्यायले जानकारी दिए ।
तालिममा ल अधिकार र संरक्षण बाल क्लबको काम कर्तव्य र अधिकार, बालक्लब परिचालन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण बाल दुर्व्यवहार न्यूनीकरणमा बाल क्लबको भूमिका, गुनासो व्यवस्थापन संयन्त्र, अपाङ्गताका प्रकार तथा बालक्लबको वार्षिक कार्ययोजना निर्माण लगाएतका विषय वस्तु समावेस गरिएको आयोजकले जनाएको छ ।
साेहि प्रकृतिको तालिम ७ वटै स्थानीय तहमा गर्ने योजना रहेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।