काठमाडौं । ‘रेलको भाडा तिरेको मइले, भरै काट्यो कानछी मयाले’ यो गीत अहिले डिजिटल बजारमा छ । म्याग्दीका गाउँबस्तीमा गुञ्जने मौलिक झ्याउरे भाका हो, ‘रेलको भाडा’ ।
चन्द्रमाया जुग्जाली मगरले भाका टपक्क टिपेर ल्याए, सागर विरहीले भाका अनुसारको शब्द जोडजाड पारे । अनि गीत बन्यो । सागर र चन्द्रमायाले गाएर बजारमा ल्याए ।
सागर विरहीको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा आनन्द गुरुङ र चित्रा पुनले अभिनय गरेका छन् । सुरेश श्रेष्ठको छायांकन रहेको भिडियो रोशन गाहा मगरले सम्पादन गरेका हुन् ।