महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको कार्यालयले महोत्तरीको जलेश्वर नगरपालिकाको कार्यालयमा छापा मारेको छ ।
सोमबार छापा मारेको अख्तियारले कोभिड सम्बन्धि फाईल, स्ट्रिट लाईट खरिद सम्बन्धि फाईल, जलेश्वर नगरपालिका वडा नं. ३ को व्युटिसियन र सिलाईकटाई सम्बन्धि फाईल, औषधि खरिद सम्बन्धी फाईल र विभिन्न जनचेतनामुलक कार्यक्रमको फाईलहरु अनुसन्धानको लागि लगेको स्रोतले जनाएको छ ।
अघिल्लो कार्यकालमा गरिएका यी काममा आर्थिक अनियमितता भएको उजुरीपछि अख्तियारले छानविन गरिरहेको छ ।