१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

सोलुका दुई विद्यालयमा नेविसंघ इकाई समिती गठन


१० आश्विन २०८०, बुधबार  

8
Shares

सोलुखुम्बुको सोताङस्थित विरेन्द्रज्योति माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघ इकाई समिती गठन गरिएको छ । बुधबार बिजय विश्वकर्माको अध्यक्षतामा १ सय ५५ सदस्यीय इकाई समिती गठन गरिएको हो ।

यसैविच सोताङ गाउँपालिका १ मा रहेको हुलु माध्यमिक विद्यालयमा पनि विवेक कार्कीको अध्यक्षतामा २१ सदस्यीय इकाई समिती गठन गरिएको छ । नेविसंघ विरेन्द्रज्योति मावि इकाई अध्यक्ष विजय विश्वकर्माले सबै विद्यार्थीहरुलाई नेविसंघमा आवद्ध हुन आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस सोताङ गाउँपालिका सभापति कृष्ण कार्की, सचिव जिवन कोइराला, नेपाल विद्यार्थी संघ सोलुखुम्बु जिल्ला सचिव मोहनकृष्ण निरौला र विभुषण राई, सोताङ पब्लिक क्याम्पस स्ववीयू अध्यक्ष प्रमोद राई, नेविसंघ जिल्ला कार्यसमिती सदस्य निशानजंग बस्नेतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : २८ बजे