१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

तिङला वडा कार्यालयको भवन उद्घाटन, कसले के भने ?


११ आश्विन २०८०, बिहिबार  

908
Shares

सोलुखुम्बु । सोलुखुम्बुको तिङला रमितेमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।

जिल्ला समन्वय समिति र सोलुदुधकुण्ड नगरपालिकाको साझेदार लगानी ५७ लाखमा निर्माण गरिएको वडा नं ११ तिङलाको प्रशासनिक भवन विहीबार एक कार्यक्रमको आयोजना गरि समन्वय प्रमुख कृष्ण प्रसाद निरौला र नगरका प्रमुख नाम्गेल जाङबु शेर्पाले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।

७ कोठा र एक हलसहित निर्माण भएको भवनबाट शुक्रबार देखि प्रशासनिक सेवा प्रवाह गर्ने वडाअध्यक्ष टंक बहादुर कार्कीले जानकारी दिए ।

कसले के भने ?
जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले विकास निर्माणको सवालमा आवश्यक समन्वयमा कन्जुस्याँई नगर्ने प्रतिबद्धता जनाए । उनले तत्कालिन जिल्ला विकास समिति रहदाँ देखि खर्च हुन बाँकी रकमबाट ६०/४० को लगानी अवधारणा अनुसार स्थानीय सरकारसँग मिलेर दर्जनौ वडा कार्यालयको भवन निर्माण सकिएको जानकारी गराए ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जनप्रतिनिधिविहिन हुँदा पनि र आज हुँदा पनि उत्तिकै प्राथमिकताका साथ तिङलाको विकासमा जोड दिएको बताए । शेर्गाखोप–माप्य हुदैँ खुम्बु सडकको कालोपत्रे शिलान्यासको विषयमा बोल्दै मेयर शेर्पाले मलाई गाली गर्नका लागि अर्को शिलान्यासको नाटक रचेको टिप्पणी गरे । त्यस्तै, धार्मिक सहिष्णुताका लागि तिजमा महिलाहरुका लागि खुवाइएको दरलाई अनावश्यक मिडियाबाजी गरेर सामाजिक सद्भाव खलबलाउन लागिएको दाबी गरे ।

नगर उपप्रमुख गान्धीमाया तामाङले नयाँ प्रशासनिक भवनबाट छिटो छरितो सेवा पाउने विश्वास व्यक्त गरिन् । नेपाली कांग्रेस सोलुदुधकुण्डका सभापति तथा सोलुदुधकुण्ड ७ गार्माका वडाअध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले नयाँ भवनबाट चुस्त प्रशासनिक सेवा प्रवाहको अपेक्षाको राखे ।

वडा नं ६ का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले तिङला जनप्रतिनिधिविहिन हुँदा पनि नगरको नेतृत्व तिङलाको हितमा रहेको दाबी गरे । कार्यक्रममा वडा नं ८ केरुङका पासाङ कटवाल, नगरकार्यपालिका सदस्य कुलध्वज मगर, नेपाली कांग्रेस तिङलाका सभापति बाल कुमार कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : २५ बजे