१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

आयो बहुप्रतिक्षित ‘साइँली’ (भिडियो)


१२ आश्विन २०८०, शुक्रबार  

150
Shares

काठमाडौं । याम कुमारी छन्त्यालको लोक लयमा आधारित बहुप्रतिक्षित गीत ‘साइँली’ सार्वजनिक गरिएको छ । विरही बस्यालको शब्द र भाका सृजनामा तयार भएको गीतमा राजेश पायल राईले स्वर रेकर्ड गराएका छन् ।

गीत रेकर्डिङकै क्रममा गायक राईले गीतको खुलेर प्रशंसा गरेका थिए । सर्जक बस्यालका अनुसार गायकले गीत आफूलाई दिन समेत आग्रह गरेका थिए । कमल सौरागले संगीत संयोजन गरेको गीतको भिडियोमा पनि ठूलो लगानी गरिएको छ । विक्रम चौहानको निर्देशन र कथा रहेको भिडियोमा सागर लम्साल (बले), शिल्पा पोखरेल र विरही बस्यालले अभिनय गरेका छन् ।

गीतको छायांकन दुई दिन सम्म धादिङको एक गाउँमा गरिएको थियो । बुद्ध थापाको छायांकन रहेको गीतको सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।

सर्जक बस्यालले भने, ‘मेरो संगीत जीवनकै उत्कृष्ट सृजनाको रुपमा लिएको छु । गीत नमरोस् भन्नका लागि अडियो र भिडियोमा लगानीमा कुनै कन्जुस्याँइ गरेको छैन् ।’जोखिम मोलेर आफ्नै युट्यूवमा अपलोड गरिएको गीतको सुरुवाती प्रतिक्रिया सकारात्मक पाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ८ : ११ बजे