१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

‘बोकेदारी’को ‘सय रुपीयाँ पोका’


१६ आश्विन २०८०, मंगलबार  

88
Shares

काठमाडौं । लोकप्रिय गायक श्रीकृष्ण लुईँटेल ‘बोकेदारी’को नयाँ सांगीतिक कोशेली बजारमा आएको छ।

हासो सङ्गै समाजमा रहेका बेतिथीलाई गीतसंगीतको माध्यमबाट पस्किन सिपालु गायक लुईँटेलले यसपटक ‘सय रुपीयाँ पोका’ शीर्षकको गीत सार्वजनिक गरेका छन् ।

उनको यस गीतले पनि समाज भित्रका यथार्थतालाई चित्रण गरेको छ । गीतमा गायक लुईँटेलकै शब्द तथा संगीत सुन्न सकिन्छ भने सुरज श्रेष्ठ यो गीतका संगीत संयोजक रहेका छन्।

मिस्टर बि१३ को सम्पादन रहेको गीतको म्युजिक भिडियोमा श्रीकृष्ण लुईंटेल, छवि बैरागी, पूरन राई, रुप नारायण श्रेष्ठ, कल्पना पाण्डे, संगिता यादव, गीता कोइराला, आनन्द बस्नेत, राजन क्षेत्री, कुशल प्रधान, रबिना प्रधान, निराजन श्रेष्ठ, नवराज खड्का, सञ्जय राई, आनन्द बस्नेत, ज्योतिका भुजेल तथा बाल कलाकार प्रसन्ना पोखरेलको अभिनय रहेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : १७ बजे