१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

घिरिङ बहुउद्देश्यिय सहकारीको अध्यक्षमा मन बहादुर राना दोहोरिए


१९ आश्विन २०८०, शुक्रबार  

58
Shares

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिकामा सञ्चालित घिरिङ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मन बहादुर राना दोहोरिएका छन् ।

शुक्रबार घिरिङमा सम्पन्न सहकारीको चौथो साधारण सभा तथा अधिबेशनबाट राना दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । ११ सदस्यसीय समितिको उपाध्यक्षमा होम बहादुर आले, सचिवमा विपना आले श्रेष्ठ, कोषाध्यक्षमा नवराज श्रेष्ठ चयन भएका छन् ।

सभाको अवसरमा कोषाध्यक्ष नवराज श्रेष्ठले सहकारीको एक करोड ७० लाख ३७ हजार ६५१ रुपैयाँ बराबरको वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । ७१ लख ५८ हजार शेयर पूँजी रहेको सहकारी घिरिङ गाउँपालिकालाई कार्य क्षेत्र बनाएर सञ्चालनमा छ ।

कार्यक्रममा घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले घरआँगनकै सहकारीबाटै आर्थिक कारोबार गर्न पालिकाबासीलाई आग्रह गरे । कार्यक्रममा पालिका उपाध्यक्ष राधादेवी अधिकारी, शेयर सदस्यहरुको उपस्थिति रहेको सहकारीका व्यवस्थापक शितल कुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ९ : २९ बजे