१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

सोलुका पेम्बा छिरी शेर्पालाई रास्वपाले दियो प्रदेश सभा ‘ख’को संगठन विभाग प्रमुखको जिम्मेवारी


२० आश्विन २०८०, शनिबार  

360
Shares

काठमाडौं । सोलुखुम्बुका पेम्बा छिरी शेर्पालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोलुखुम्बु प्रदेश सभा निर्वाचन क्षेत्र नं ‘ख’को संगठन विभाग प्रमुखमा मनोनयन गरेको छ ।

शुक्रबार कोशी प्रदेश महामन्त्री लालविक्रम थापाले सोलुखुम्बु प्रदेश सभा निर्वाचन क्षेत्र नं ‘ख’को संगठन विभाग प्रमुखमा मनोनयन गरिएको पत्र पठाएका छन् ।

पत्रमा संगठन निर्माणको कार्यमा आजको मिति देखि पार्टीको विधि विधान र संगठनको कार्यविधि अनुसार आफ्नो जिम्मेवारी सम्पन्न गर्न गराउनुहुन आग्रह गरिएको छ ।

जिम्मेवारी पाएसँगै शेर्पाले आगामी निर्वाचनमा सोलुखुम्बुलाई घण्टीमय बनाउन अहोरात्र खट्ने बताए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : १५ बजे