४ असार २०८२, बुधबार | Wed Jun 18 2025

सोलुमा विश्व दृष्टि दिवसमा ७१ जनाको आँखा जाँच, मोतिबिन्दुको शल्यक्रियाका लागि ११५ जना छनौट


२५ आश्विन २०८०, बिहिबार  

14
Shares

काठमाण्डौ । सोलुखुम्बुमा विश्व दृष्टि दिवस मनाईएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुको आयोजनामा माप्य–खुम्बु जोडने सडकखण्डमा काम गर्ने ७१ जना मजदुरको आँखा परिक्षण गरिएको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले जानकारी दिए ।

कार्यस्थलमा आँखालाई माया गरौ भन्ने नारा सहित मनाईएको दिवसको अवसरमा १ जना मोतिबिन्दुको बिरामी छनौट गरिएको छ । आज छनौट भएका एक पुरुषको आगामी असोज २८ र २९ गते निशुल्क शल्यक्रिया गरिने छ ।


यसैबिच, अहिलेसम्म माप्य दुधकोशी, महाकुलुङ, सोताङ, नेचासल्यान, लिुख्पिके गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाका गरि ११५ जना मोतिबिन्दुको बिरामी छनौट गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुले जनाएको छ । पालिकाका विभिन्न स्थानबाट छनौट गरिएका मोतिबिन्दुका बिरामीको शशुल्क शल्यक्रिया हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ८ : ३० बजे