११ माघ २०८१, शुक्रबार | Sat Jan 25 2025

सोलुका ६९ जना मोतिविन्दु विरामीको शल्यक्रिया


२९ आश्विन २०८०, सोमबार  

16
Shares

सोलुखुम्बुका ६९ जना मोतिविन्दुका विरामीले आँखाको शल्यक्रिया गरिएको छ ।

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुले आईतबार र सोमबार आयोजना गरेको मोतिविन्द शिविरमा ६९ जनाकोे आँखाको शल्यक्रिया गरिएको हो ।

पहिलो दिन आईतबार ४१ जनाको र सोमबार २८ जनाको आँखा शल्यक्रिया गरिएको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले जानकारी दिए ।

आँखा केन्द्रले जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका बाहेक ७ स्थानीय तहमा सञ्चालनन गरेको मोतिविन्दु छनौट शिविर मार्फत ११६ जना मोतिविन्दुका विरामीहरु छनौट गरेको थियो ।

उनीहरुलाई तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका नेत्र विशेषज्ञहरुले फाप्लुमा सशुल्क शल्यक्रिया गरेका हुन् । शल्यक्रिया गराउनेमा ३४ महिला र ३५ जना पुरुष रहेका छन् ।

आँखा केन्द्रले वर्षेनी दुरदराजमा छनौट शिविर र जिल्लामा शल्यक्रिया शिविर सञ्चालन गरेर मोतिविन्दुका समस्या भएका जिल्लाबासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : ५७ बजे