१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

विष्णु मुरीले ल्याए ‘गहको आँशु’ (भिडियो)


१ कार्तिक २०८०, बुधबार  

4
Shares

काठमाडौं । गीतकार विष्णु मुरीले पूर्वेली लोक गीत ‘गहको आँशु’ ल्याएका छन् ।

उदयपुरको कटारी १४ लेखानी स्थित बालविकास आधारभूत विद्यालयका प्रध्यानाध्यापक समेत रहेका मुरीको गीत लेखन र गायक तथा संगीतकार प्रियजन राईको संगीत र स्वरमा रेकर्ड गीत मारुनी विटमा तयार पारिएको छ ।

मनोज साङसन राईको एरेन्ज रहेको गीतलाई विष्णु मुरी अफिसयल यूट्युवमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार मुरीले यसअघि आधुनिक गीतहरु‘तक्दिरै खोटो’, ‘आँशु बर्बरी’, ‘एउटै सिरानी’सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ४ : ५९ बजे