काठमाडौं । गीतकार सङ्गिता आङ्थुपोको वास्तविक जीवन कथामा आधारित गीत ‘आमाबाबा’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
आङ्थुपोको शब्दमा गायिका मेलिना राईले आवाज दिएकी छिन। राजेन्द्र केरुङको सङ्गित रहेको गीतलाई सङ्गीत संयोजनरमिक्सिङरमास्टरिङ राजु कार्कीले गरेका छन् भने रेकर्डिष्ट सुरेश राईले स्टुडियो किङमा गरेका हुन्।
भिडियोमा रंगकर्मी नायिका सृजना सुब्बाको मुख्य अभिनय देख्न सकिन्छ साथै नाटयकर्मी चेतन आङ्थुपो र सङ्गिता लावती, राम कुमारी आङ्थुपो बिरु आङ्थुपोले अभिनयमा साथ दिएका छन्। अतिथि कलाकारको रुपमा राजकुमार आङ्देम्बेलाई देख्न सकिन्छ।
त्यसैगरी बाल कलाकारहरु फुङमा राई, वरुम्फुङ योङ्हाङ, तान्छो लिम्बू, अपना लिम्बू, आन्छा लिम्बू, जुनु लिम्बू,आर्या लिम्बू देख्न सकिन्छ।
अनिल थोप्रा व्यवस्थापन, कृष्ण सुबेदीको सह(व्यवस्थापन मा भिडियोलाई बुद्द थापा टिमले छायांकन गरेको छ भने सम्पादन, कलरिङ अनिल कुमार महर्जनले गरेका छन्।
शृङ्गार लोकेश थापा, यातायात सन्तवीरराई, मन कुमार मगरको रहेको छ। सङ्गिताकै निर्माणमा बनेको उक्त म्युजिक भिडियोलाई निजि निवास पथरी, शनिश्चरे, लाटिझोडा, उर्लाबारी, विराटनगर लगायत स्थानमा छायांकन गरिएको थियो।
भिडियोलाई सहनिर्देशन दिनेश माङ्मु र कथा,स्क्रुप्ट निर्देशन बिक्रम फागो वनेमले गरेका छन। लामो समय देखी इजरायललाई कर्मथलो बनाएकी सङ्गिताले परदेशमै रहदाँ आफ्ना प्राणरुपी आमा बुबालाई एकै हप्ता बिचको फरकमा गुमाउनु पर्दाको पिडालाई गीतमार्फत ब्यक्त गरेकी छिन्।