काठमाडौं । आज महाअष्टमी, दशैँको टिका आउन मात्र २ दिन बाँकी रहदा गीतकार माधव क्षेत्रीले कारुणीक लोक गीत सार्वजनिक गरेका छन् ।
क्षेत्रीको शब्द, सर्जक तथा गायक सागर विरहीको संगीत र स्वरमा तयार पारिएको गीतमा गरिबी, धन कमाउने लालसमा विदेशिनुपर्ने बाध्यता र चाडपर्वको अत्यसलाई मार्मिक प्रकारले प्रस्तुत गरिएको छ ।
विरहीकै कथा निर्देशनमा तयार पारिएको भिडियोमा रमा थपलिया, विजय पुन, प्रकाश गौतम, दोभान नेपाली, धुब्र तारा लगायतको अभिनय रहेको छ ।
सुरेश श्रेष्ठको छायांकन रहेको भिडियो रोशन गाहा मगरले सम्पादन गरेका हुन् । गीतलाई माधव क्षेत्रीको यूट्यूव च्यानलबाट अपलोड गरिएको छ ।