३ फाल्गुन २०८१, शनिबार | Sat Feb 15 2025

दिप्लीघाटको पुल निर्माणमा पर्यटन रोयल्टीको रकम खर्चिन माग


१६ कार्तिक २०८०, बिहिबार  

164
Shares

सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले दिप्लीघाटको बेलिब्रिज पुल निर्माणका लागि जिल्ला समन्वय समितिको खातामा मौज्दात पर्यटन रोयल्टी वापतको रकम खर्च गर्न आग्रह गरेका छन् ।

गत भदौ ७ गते राति आएको बाढीले बगाएको दिप्ली स्थित बेलिब्रिजको विहिबार स्थलगत निरिक्षण गर्दै नेता शेर्पाले राज्यसँग खर्च गर्ने बजेट नभए पर्यटन रोयल्टी वापतको मौज्दात रकम खर्चको अनुमति दिएर भएपनि पुल निर्माण गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले दुधकोशी पारीका नागरिकको सहजताका लागि पुल निर्माणमा खर्च गर्ने गरि अनुमतिका लागि आवश्यक समन्वय गर्न आफू तयार रहेको बताए । जिल्ला समन्वय समितिका सदस्य सोमराज केसीले नेपाल सरकारले सहमती दिए पुल निर्माण कार्यलाई तत्काल अघि बढाउन जिल्ला समन्वय समिति तयार रहेको बताए ।

नेपाली कांग्रेसका महाधिवेशन ्रतिनिधि तथा तरुण दलका केन्द्रीय सदस्य नविन थापाले पुल निर्माणका लागि सरकारसँग बजेट नभए समन्वय समितिको रकम खर्च गर्न मिल्ने वातावरण तयार पार्नुपर्ने बताए ।

थुलुङ दुधकोशी गाउँपालिका ८ दिप्ली र सोताङ गाउँपालिका १ खोर्दाको सिमानामा रहेको पुल बाढीले बगाएपछि सोताङ र महाकुलुङका सर्वसाधारणले आवतजावत र दैनिक उपभोग्य सामग्रीमा महंगीको समस्या खेप्नु परेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ४ : ५४ बजे