१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

बुढानिलकण्ठमा विस्तार हुदैँ ‘रैथाने कृषि हाट’


२४ कार्तिक २०८०, शुक्रबार  

36
Shares

काठमाडौँ । रैथाने एग्री प्रोडक्टस् प्रा.लि.को सहकार्यमा बुढानिलकण्ठ नगरपालिकाको कार्यालय परिसरमा लाग्ने ‘रैथाने÷स्थानीय कृषि बजार मेला’को पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छिन् ।

काठमाडौको दरबारमार्गमा ‘रैथाने कृषि हाट बजार’सञ्चालन गर्दै आएको रैथाने एग्री प्रोडक्टस्को सहकार्यमा बजार सञ्चालनमा नगरले अग्रसरता देखाएको हो ।

शनिबार (भोली)विहान ८ बजे नगर परिसरमा लाग्ने बजारको पूर्व राष्ट्रपति भण्डारीले अवलोकन तथा उद्घाटन गर्न लागिएको रैथाने एग्री प्रोडक्टस्का अध्यक्ष तिलक ढकालले जानकारी दिए ।

नगर क्षेत्रका कृषकका स्थानीय उत्पादनको सहज बजारीकरण र प्रोत्साहनका लागि ‘रैथाने÷स्थानीय कृषि बजार मेला’प्रभावकारी बन्ने अपेक्षा राखिएको छ ।

रैथाने उत्पादन र बजारीकरणमा लागि परेको रैथाने एग्री प्रोडक्टस्ले दरबारमार्ग स्थित ओरियन्ट क्याफेमा हरेक शनिबार विहान ६ देखि मध्यान्न १२ बजेसम्म ‘रैथाने कृषि हाट’सञ्चालन गर्दै आएको छ भने बुढानिलकण्ठमा विहान ७ देखि ११ बजेसम्म मेला भर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ०१ बजे