२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

गीत लेखनमा मरिहत्ते गर्छन् शिक्षक मुरी


२५ कार्तिक २०८०, शनिबार  

488
Shares

काठमाडौँ । शिक्षण पेशामा आबद्ध विष्णु मुरी साहित्य लेखनमा मरिहत्ते गर्छन् । उदयपुरको कटारी १४ लेखानी स्थित बालविकास आधारभूत विद्यालयका प्रध्यानाध्यापक समेत रहेका मुरीले पूर्वेली लोक गीत ‘गहको आँशु’को अफिसियल म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

मुरीको गीत लेखन र गायक तथा संगीतकार प्रियजन राईको संगीत र स्वरमा रेकर्ड गीत मारुनी विटमा तयार पारिएको छ । मनोज साङसन राईको एरेन्ज रहेको गीतलाई विष्णु मुरी अफिसयल यूट्युवमार्फत सार्वजनिक गरिएको छ ।

प्रियजन राईकै निर्देशनमा तयार भएको भिडियो गाउँले पाराले निर्माण गरिएको छ । गंगाराम राईको छायांकन रहेको भिडियो भिम बहादुर तामाङको सम्पादन रहेको छ ।

सानै देखि साहित्यमा रुचि भएको लेखक मुरीका गीत, कविता विभिन्न पत्रपत्रिकामा छापिएको छ । परिस्थिति अनुसार गीत, कविता लेखन क्ने उनको गीत र कवितामा गाउँले पीडा, बेदना बोल्दछ ।

गीत, संगीतमा असाध्य रुचि भएकोले भुटानदेखि नयाँ प्रतिभा सुस्मिता राईलाई नेपाल ल्याएर गीत गाउने मौका प्रदान गरेको गरे । उनकै अग्रसरतामा लेखानी गाउँको वृत्तचित्र निर्माण गरिएको छ ।

‘तिम्रो मुटु छुने गरी…’मुरीको पहिलो पटक रेकर्ड भएको आधुनिक गीत हो । शिव परियारको स्वर रहेको उक्त गीत ‘सद्भाव’एल्बममा समाबेश छ ।

त्यसपछि ‘कान्छी’एल्बममा कान्छीमाया सुब्बाको स्वरमा ‘काली पारी तरेर’, अनु चौधरी र मनिष श्रेष्ठको युगल स्वरमा ‘तक्दिरै खोटो’, भुटानी गायिका सुस्मिता राईको स्वरमा ‘आँशु बर्बरी’, अनु चौधरी र मनिष श्रेष्ठको स्वरमा ‘एउटै सिरानी’रेकर्ड भएका गीतहरु हुन् । केही गीत रेकर्डिङको क्रममा रहेको मुरी बताउछन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १० : ४९ बजे