१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

कविता कृति ‘नेता बन छोरा नेता बन’लोकार्पण


२५ कार्तिक २०८०, शनिबार  

60
Shares

काठमाडौं । कवि सर्वज्ञ वाग्लेद्वारा लिखित कविता कृति ‘नेता बन छोरा नेता बन’लोकार्पण गरिएको छ । अनेसास नेपाल च्याप्टरको आयोजनामा बनकाली उद्यानमा शनिबार सम्पन्न कार्यक्रममा लक्ष्मिप्रसाद देवकोटा जन्मजयन्ती एवम् अनेसास केन्द्रका बरिष्ठ उपाध्यक्ष वाग्लेद्वारा लिखित कविता संग्रहको लोकार्पण गरिएको हो ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता डा. विष्णुविभू घिमिरेले गरेका थिए । कार्यक्रममा अनेसास केन्द्रका सल्लाहकार प्रतिक ढकाल, पशुपती क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, अनेसास पूर्व अध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष डा.रेणुका सोलु, महासचिव बिमला निरौला, अनेसास प्राज्ञिक केन्द्रीय समिती सदस्य विधान आचार्य, साहित्यकारहरू युवराज मैनाली, मुरारी सिंग्देल, रामप्रसाद पन्त, लक्ष्मी उप्रेती, सन्ध्या पहारी, गीता कार्की, मन्जिला अनिल, निर्मलरमण पराजुली, रञ्जना निरौला, सुशीला हसिना, कमला रिसाल, इन्दिरा ढकाल, सुचिता काफ्ले, शान्ता बस्नेत, विक्रमभक्त जोशी, भवानी खतिवडा, रमेश दाहाल लगायत सयौँको सङ्ख्यामा साहित्यकार एवम् समाजसेवीको उपस्थिती रहेको थियो ।

डा. सोलुले कृति समीक्षा गरेकी थिइन्े भने देवकोटाका बारेमा मन्जिला अनिल र शान्ती रिसालले बोलेका थिए । कतिपय कविले कविता वाचन समेत गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ११ : २६ बजे