२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

सल्लेरीमा एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने पुनर्ताजगी शिक्षक तालिम सुरु


१२ मंसिर २०८०, मंगलबार  

6
Shares

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने पुनर्ताजगी शिक्षक तालिम सुरु गरिएको छ ।

रीड नेपालको आयोजना तथा सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा मंगलबारदेखि जनजागृति आधारभूत विद्यालयमा सुरु तालिममा नगर क्षेत्रका १८ विद्यालयका कक्षा १–३ शिक्षण गर्ने ४९ जना शिक्षकहरुको उपस्थिति रहेको छ ।

तालिममा एकीकृत पाठ्यक्रम कार्यान्वयनमा देखिएका चुनौति, विगतको तालिमको समीक्षा शिक्षण विधि, शैक्षिक सामग्री निर्माण, सहजीकरण योजना निर्माण, विद्यार्थी सिकाइ मूल्यांकन प्रयोग र अभ्यास र नेपाली अंग्रेजी, गणित र हाम्रो सेरोफेरो विषय लगायतका विषयवस्तु समेटिने रीड नेपालले जनाएको छ ।

रीडले २०७८ सालमा एकीकृत पाठ्यक्रम सम्बन्धी ५ दिने तालिम प्रदान गरेको थियो । सोही तालिमको पुनर्ताजगी स्वरूप यो तालिम संचालन गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले बताए ।

तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक सुजाता राई, सरद गौतम, विष्णु प्रसाद उपाध्याय र अभिषेक शाहले गरिरहेका छन् । रीड नेपालले यही प्रकृतिको तालिम खुम्बुपासाङल्हामु गाउँपालिका बाहेक अन्य पालिकामा पनि संचालन गर्ने छ । त्यसमध्ये लिखुपिकेमा केही दिन अघि मात्रै तालिम सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ११ : ४९ बजे