१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

माप्यमा ‘मेरो रोजाई, मेरो सिकाई’कार्यक्रम सञ्चालन गरिने



सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले शैक्षिक सुधारका द्येयले ‘मेरो रोजाई, मेरो सिकाई’कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सोमबार पालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको पालिका शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले नमूना विद्यालयका विद्यार्थीहरुलाई पुष मसान्तसम्म शैक्षिक भ्रमण गराइसक्ने, विद्यार्थीहरुलाई क्षमता अभिबृद्धि तालिम निशुल्क प्रदान गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै, पालिकाले आगामी पुष १३ देखि १५ सम्म पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सञ्चालन गर्ने तयारी गरेको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने र वालविवाह न्यूनिकरणका लागि किशोरकिशोरी लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पालिका शिक्षा समितिले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १२ : ०५ बजे