सोलुखुम्बु । स्थानीय तहको सहकार्यमा रीड नेपालले सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिकाका शिक्षकहरुलाई लागि आधारभूत मनोसामाजिक सहयोग तालिम प्रदान गरेको छ ।
तालिममा सोताङका ८ जना र महाकुलुङका ९ जना शिक्षकको सहभागी थिए । समापन कार्यक्रममा बोल्दै सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङले तालिमलाई अन्य शिक्षक सँग पु¥याउन सहकार्यलाई जारी राखिने बताइन् ।
बालबालिकाहरुमा देखा पर्ने मानसिक समस्या पहिचान र समाधान सहजीकरणका लागि तालिमको आयोजना गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।
तालिमको सहजीरकण मनका कुरा संस्थाका अन्जल भट्टले गरेका थिए । यसअघि सोही प्रकृतिको तालिम नेचासल्यान गाउँपालिकामा सञ्चालन गरिएको थियो ।