११ माघ २०८१, शुक्रबार | Sat Jan 25 2025

मौसमी कामदार पठाउन सोलुदुधकुण्ड नगरपालिका र कोरियाली कम्पनीबीच सम्झौता



सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले दक्षिण कोरियामा मौसमी कामदार पठाउनका लागि कोरियाली एक कम्पनीसँग सम्झौता गरेको छ ।

मंगलबार काठमाडौँमा दोङबाङ डिएस सिस्टम कम्पनी लिमिटेडका सिइओ र सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पाले दक्षिण कोरियामा मौसमी कामदार आदानप्रदान सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । स्थानीय कृषि क्षेत्रको विकास गर्न र आम्दानी वृद्धि गर्नका लागि दुवै पक्षले ५ बुँदामा सहमति जनाएका छन् ।

सम्झौता पत्रमा नगरपालिका भित्रक ्छुक कामदारलाई कोरियामा काम गर्ने अवसर सृजना गर्ने र सोलुदुधकुण्ड नगरपालिकाले मौसमी काम समाप्त हुँदा साथ कामदार फिर्ता हुने ग्यारेन्टी लिनुपर्ने लगायतका सर्त उल्लेख गरिएको छ । सम्झौता एक वर्षको लागि कायम रहनेछ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : २० बजे