सोलुखुम्ब । महाकुलुङ गाउँपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन लागी सम्झौता गरेको छ । जन्मजात तथा जन्मप्रश्चात हुने अपाङ्गता न्यूनीकरण एवम् अपाङ्गता भएका मानिसहरु सहितको समाबेशी समाज निर्माण गर्ने उदेश्यले गाउँपालिकाले करुणा फाउन्डेसन संस्थाबिच शनिबार सम्झौता गरिएको हो ।
कोशी प्रदेश सरकार, महाकुलुङ गाउँपालिका र करुणा फाउन्डेसनको संयुक्त लगानीमा सञ्चालन हुने कार्यक्रमका गाउँपालिका उपप्रमुख बिपना कुलुङ र फाउन्डेसनका वरिष्ठ ब्यबस्थाक कमल कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका हुन्। उत्तm कार्यक्रम वरिष्ठ कोइरालाले अपाङ्गता रोक थाम तथा पुनःस्थापना कार्यक्रम कार्यान्वयनको नेतृत्व स्थानीय सरकारको रहेको हुँदा यसको सफलता र असफलता स्थानीय सरकारमा नै रहेको बताए ।
अपाङ्गता भएका व्यक्तिको सम्मानपुर्ब बाँच्न पाउने अधिकार प्राप्तिका पालिकामा करुणा फाउन्डेसनको लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना सञ्चालन गर्न लागिएको हो । कार्यक्रम कार्यान्वयनका दुबै पक्षबाट राष्ट्रिय अपाङ्ग, महासंघ नेपाल , प्रदेश समितिसङ्ग आवश्यक समन्वय र सहकार्य गर्न सम्झौता पक्षमा उल्लेख छ ।
त्यस्तै अपाङ्गता भएका ब्यक्तिहरुको संस्था समूह गठन र उनिहरुको सशक्तीकरण जनचेतना साथै पहुँचयुक्त भौतिक संरक्षण र वातावरण तय गर्ने लागि राष्ट्रिय अपाङ्गता महासङ्घको प्रदेश समिति र गाउँ पालिकाको सबै वडामा अपाङ्गता भएका ब्यक्तिहरुको संस्थाको संयोग र सशक्तीकरण गर्न ,कार्यक्रम र सहजीकरण गर्न गाउँपालिकाले कार्यक्रम अवधिमा सार्बजनिक भवनहरु तथा स्थलहरुलाई सबैको पहुँचयुक्त स्थानीय तह घोषणा लागि पहलकमी लिने सम्झौता गरिएको छ ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत झमक बहादुर कटुवाल, पाँच वटा वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आर्चाय, महाकुलुङ प्राथमिक अस्पतालका डाक्टर हरि कटुवाल, स्वास्थ्य चौकीका इन्चार्जहरु, वडा सचिवहरु, शिक्षा शाखा प्रमुख कुबिरधन कुलुङ, अपाङ्गता प्रतिनिधिहरुको उपस्थिति रहेको पत्रकार झलक राईले जानकारी दिए ।