४ असार २०८२, बुधबार | Wed Jun 18 2025

मेयर शेर्पाले गरे नयाँबजार हाटबजार पूर्वाधार निर्माणकाे शिलान्यास



सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले नयाँबजार हाटबजार पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् ।

आइतबार एक करोड ५२ लाख ९३ हजार ४९३ रुपैयाको लागतमा नयाँबजारमा निर्माण हुने पूर्वाधारको मेयर शेर्पाले शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै मेयर शेर्पाले पूर्वाधार निर्माणले हाटबजार व्यवस्थित बन्ने र जिल्लाभरका कृषक र उपभोक्तालाई उत्पादन खरिद–विक्रिका लागि सहज हुने बताए ।

सोलुदुधकुण्ड ६ का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा (फूरी)ले आफू निर्वाचित भएदेखि नै हाट व्यवस्थापनका लागि लागि परेको दाबी गर्दै गुणस्तरिय निर्माणमा ध्यान दिन आग्रह गरे । देनदुव धनलक्ष्मी जेभीले निर्माणको जिम्मा पाएको पूर्वाधार निर्माणको काम २०८१ माघ मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ । सुविधासम्पन्न हलसहित सय टर निर्माण गरिे निर्माण कम्पनीले जनाएको छ ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धीमाया तामाङ, बजार व्यवस्थापन समितिका अध्यक्ष राजिव कायस्थ, नेपाली कांग्रेसकी नेतृ राधिका श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  २ : २९ बजे