१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

नेपाल शेर्पा विद्यार्थी संघ सोलुखुम्बु जिल्ला समिति पुनः गठन



सोलुखुम्बु । नेपाल शेर्पा विद्यार्थी संघ सोलुखुम्बु जिल्ला कार्य समिति पुनः गठन गरिएको छ । शनिबार सल्लेरीमा सम्पन्न भेलाले मिङ्गमा याङ्गजी शेर्पाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति पुनः गठन गरिएको हो ।

भेलामा नेपाल शेर्पा संघ, सोलुखुम्बु जिल्ला अध्यक्ष मिङमा छिरी शेर्पाको प्रमुख आतिथ्यता तथा नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष गेलु शेर्पाको विशेष आतिथ्यता रहेको थियो ।

नेपाल शेर्पा विद्यार्थी संघ, केन्द्रिय कार्य समितिको राष्ट्रिय महाधिवेशनको मिति नजिकिदै गरेको अवस्थामा सोलुखुम्बु जिल्ला कार्य समितिको पुनः गठन गरिएको हो ।

नवगठित कार्य समितिका पदाधिकारीलाई नेपाल शेर्पा विद्यार्थी संघ केन्द्रिय समितिले बधाई ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  २ : ५१ बजे