१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

कफी प्रशोधनको तयारीमा थुलुङ दुधकोशी



सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले कफी प्रशोधनको तयारी अघि बढाएको छ । इको हिमाल नेपालको समन्वयमा द ग्लासियर ट्रष्ट बेलायत र थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्यमा कफी प्रशोधन गरेर विश्व बजारमा उपलब्ध गराउने तयारी गरिएको हो । जसको लागि करिब ७० लाख मुल्य बराबरको प्रशोधनका उपकरण खरिद गरिने छ ।

उपकरण खरिदमा गाउँपालिका र द ग्लासियर ट्रष्टको लगानी हुने छ भने अन्य तालिम लगायतमा इको हिमाल नेपालको भुमिका रहने बताइएको छ । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल र द ग्लासियर ट्रष्ट बेलायतका प्रमुख रिचार्ड सहितको बैठक बसी निश्कर्षमा पुगेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार गाउँपालिका केन्द्र मुक्लीमा विहिबार नै कफी प्रशोधनका लागि आवश्यक संरचना लगायतको अध्यायन गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल र द ग्लासियर ट्रष्ट बेलायतका प्रमुख रिचार्ड सहितले स्थलगत अध्य रा छन् ।

कफी निर्यातमा रोक लगाएको थुलुङ दुधकोशी गाउँपालिकाले कृषकको कफी खरिदका लागि कृषि बनश्रोत केन्द्र देउसालाई जिम्मा दिने भएको छ । यस अघिनै गाउँपालिकामा उत्पादन भएको कफी बाहीर निर्यात गर्न रोक लगाउने पालिका अध्यक्ष स्तरीय निर्णय भएको थियो । सोही निर्णय कार्यान्वयनार्थ बीऊ पुँजीको रुपमा थुलुङ दुधकोशी गाउँपालिकाले ४ लाख र इको हिमाल नेपालले ४ लाख गरि जम्मा ८ लाखको छुट्टै खाता निर्माण जम्मा गर्ने गाउँपालिका प्रवक्ता कार्कीले जानकारी दिए ।  

कफीको बैज्ञानिक मुल्य निर्धारण गरि कृषकबाट खरिद गरि प्रशोधन गर्ने भएपछि कृषकलाई सहज हुने गाउँपालिकाले विश्वास लिएको छ । विगत ५ वर्ष देखि देउसा कृषि बन श्रोत केन्द्रले कफी खरिद गरि निर्यात गर्दै आएको छ । देउसामा संकलन भएको अधिकांश कफी नेपाल अर्गानिक कफी काठमाडौं लाने गरिएको छ ।

इको हिमाल नेपालको समन्वयमा परीक्षणको लागि बेलायत र जर्मनमा समेत पु¥याएको इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले बताए। भौतिक पुर्वधार संगै आर्थिक विकासलाई जोड दिएर पालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १० : ५३ बजे