सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाको आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माण सुरु गरिएको छ ।
जि फाउन्डेसन नेपालको आर्थिक सहयोगमा सिटिजन डेभलपमेन्ट सोलुसन भक्तपुरले चार (४) महिना भित्रको सम्पन्न गर्न गरि गाउँपालिकाले आवधिक योजना तथा मध्यकालिन खर्च निर्माणको लक्ष्य लिएको छ । बिहिवार महाकुलुङ गाउँपालिका आयोजनामा आवधिक योजना तथा मध्यकालिन खर्च सम्बन्धि पालिका स्तरीय संरक्षण सम्बन्धि पालिका स्तरीय अभिमुखिकरण तथा तथा तयारी गोष्ठी गरिएको छ ।
सिटिजन डेभलपमेन्ट सोलुसनले चार ४ महिनाभित्र आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माण गरेर पालिकालाई हस्तान्तरण गर्ने कार्ययोजना रहेको गाउँपालिका उपप्रमुख बिपना कुलुङले बताइन् । महाकुलुङ गाउँपालिका सँगै खोटाङ ऐसेलुखर्क गाउँपालिकाको पनि आवधिक खर्च संरचना निर्माण गर्न योजना रहेको जि फाउन्डेसनका फिल्ड को–अडिनेशन अफिसर जित्न जनम राई बताए ।
कार्यक्रममा वडा अध्यक्षहरु, वडाका सदस्यहरु, कार्यपालिका सदस्यहरु, पालिका तथा वडाका कर्मचारी, राजनीतिक दला ाहरु, ंघ संस्थाका प्रमुख प्रतिनिधिहरु, स्थानीय शिक्षकहरु उपस्थिति रहेको थियो ।