७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

नेचासल्यान ४ को प्रशासनिक भवन उद्घाटन



सोलुखुम्बु । नेचासल्यान गाउँपालिका ४ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।

जिल्ला समन्वय समिति र गाउँपालिकाको ६०/४० को लागत साझेदारीमा निर्माण गरिएको पक्की भवनको विहीबार समन्वय प्रमुख कृष्ण प्रसाद निरौला, नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष विना राई र निवर्तमान अध्यक्ष डुफ कुमार बास्तोलाले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।

स्थानीय जङ्ग बहादुर राईले निशुल्क प्रदान गरेको ११७५ वर्गमिटर जग्गामा एक करोड ११ लाखको लागतमा बेतघारी कालिका सर्भिस प्रा.लि.ले भवन निर्माण गरेको हो । उद्घाटनको अवसरमा जग्गाधनी राई र निर्माण कम्पनीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा ५ वटै वडाका अध्यक्ष, सदस्य, विभिन्न राजनीतिक दल, विद्यालय, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहको ियो । कार्यक्रमका वकताहरुले प्रभावकारी सेवा प्रवाहलाई जोड दिएका थिए भने जग्गादातालाई धन्यवाद व्यक्त गरे ।

भवन निर्माणले प्रशासनिक सेवा चुस्ततामा सहयोग पुगेको नेचासल्यान ४ का वडाध्यक्ष इन्द्र बहादुर राई (शान्त)ले बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ११ : ५४ बजे