काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका १ कटहरे (पोखरी भन्ज्याँङ)मा शनिबारदेखि सुरु हुने खुला साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ । न्यू सेभेन गाईज कटहरे क्लबको आयोजनामा हुने प्रतियोगीताको तयारी पूरा भएको क्लबका अध्यक्ष गणेशराज शाहीले जानकारी दिए ।
शनिबारदेखि सुरु हुने खेल माघ ११ गतेसम्म जारी रहनेछ । प्रतियोगीताका विजेताले ५० हजार, ३० हजार र १५/१५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । गोविन्द प्रसाद श्रेष्ठ (कान्छा)ले प्रथम पुरस्कार, बिबिसा सप्लायर्सका प्रोपाइटर बद्री सुवेदीले द्धितीय पुरस्कार र भू.पु. सैनिक तिल बहादुर राना र ढाल बहादुर श्रेष्ठ (कमल)ले सान्त्वना पुरस्कार प्रायोजन गरेका छन् ।
खेल साविकको लक्ष्मी आधारभूत विद्यालय परिसरमा निर्मित कटहरे मैदानमा हुने छ । सो खेल मैदान स्थानीय बुद्धिजीवि, समाजसेवी र घिरिङ गाउँपालिकाको सहयोगमा निर्माण गरिएको थियो भने पार्टनर सोलुसन इन्टरनेश्नल (यूएसए)को सहयोगमा मैदान घेरा गरिएको थियो । सोही मैदानमा प्याराफिट निर्माणको लागि गण्डकी प्रदेश सरकारबाट ५ लाख बजेट विनियोजन गरिएको छ ।
माघ ११ मा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । कार्यक्रममा लोक दोहोरी गायक श्याम राना र गायिका विन्दु मल्ल ठकुरीको आकर्षक प्रस्तुति रहनेछ । साथै, स्थानीय पञ्चेबाजा, कौडा, झ्याउरे नाच र स्थानीय कलाकारको प्रस्तुति पनि रहने क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।
खेल साविकको लक्ष्मी आधारभूत विद्यालय परिसरमा निर्मित कटहरे मैदानमा हुने छ । सो खेल मैदान स्थानीय बुद्धिजीवि, समाजसेवीको सहयोगमा निर्माण गरिएको थियो भने पार्टनर सोलुसन इन्टरनेश्नल (यूएसए)को सहयोगमा मैदान घेरा गरिएको थियो । सोही मैदानमा प्याराफिट निर्माणको लागि गण्डकी प्रदेश सरकारबाट ५ लाख बजेट विनियोजन गरिएको छ ।
माघ ११ मा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । कार्यक्रममा लोक दोहोरी गायक श्याम राना र गायिका विन्दु मल्ल ठकुरीको आकर्षक प्रस्तुति रहनेछ । साथै, स्थानीय पञ्चेबाजा, कौडा, झ्याउरे नाच र स्थानीय कलाकारको प्रस्तुति पनि रहने क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।