१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

१७ वर्षअघि रेकर्ड गीत ‘सोलु सल्लेरी’को भिडियो सार्वजनिक (भिडियो)



काठमाडौं । १७ वर्षअघि रेकर्ड गरिएको ‘सोलु सल्लेरी’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

टिका चाम्लिङद्वारा लिखित गीतको रेकर्ड २०६३ सालमा भएको थियो । शिला बहादुर मोक्तानको संगीत रहेको गीतमा पार्वती राईले स्वर दिएकी छिन् ।

भिडियोलाई ममता थुलुङ राईले निर्देशन गरेकी छिन् । उनी आफैँ नृत्य निर्देशक हुन् । हाल उनी सल्लेरी स्थित जनजागृती माध्यमिक विद्यालयमा नृत्य शिक्षकको रुपमा कार्यरत छिन् ।

गीतले बोलेजस्तो भिडियो छायांकन सोलुखुम्बुको विभिन्न स्थानमा गरिएको छ । ममता राई र जस्मिन राईको लिड नृत्य रहेको भिडियोमा जनजागृती माविका २५ जना विद्यार्थीहरु कोरसमा देखिएका छन् । भिडियो छायाङ्कन एवं सम्पादन प्रवेश राईले गरेका छन् ।

भिडियो निर्देशक ममता थुलुङ राई यूट्युव च्यानलमा अपलोड गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : ५७ बजे