सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले क्षयरोग रोगी पहिचान र निदानको लागि घुम्ती शिविर सुरु गरेको छ । एक हप्तासम्म चल्ने शिविर विहीबार आधारभूत स्वास्थ्य केन्द्र तुमाउबाट सुरु गरिएको हो ।
शिविरमा शंकास्पद व्यक्तिको खकार परीक्षण गरी क्षयरोग पहिचान भए औषधी सेवन सुरु गराईने स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यले जानकारी दिए । शिविरका लागि पालिकाले चालु आर्थिक वर्षमा ९० हजार बजेट विनियोजन गरेको थियो ।
खकार परीक्षणमा महाकुलुङ प्राथमिक अस्पतालका ल्याव टेक्निसियन रुपेश कुमार यादव खटिएका छन् । स्वास्थ्य केन्द्र तुमाउका इन्चार्ज सुमित्रादेवी राईले २३ जनामा क्षयरोगको लक्षण देखिएकाले निगरानीमा राखिएको बताइन् ।
शिविरमा वडा अध्यक्ष सरस्वती कुलुङ, महाकुलुङ स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्य, ल्याव टेक्निसियन रुपेश कुमार यादव लगायतो ्थिति रहेको थियो ।