१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

छेस्काम माविलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि



सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि छेस्काम माध्यमिक विद्यालयले जितेको छ ।

माघ १४ देखि मंगलबारसम्म सञ्चालन भएको प्रतियोगितामा सञ्चालन भएको अन्तर मावि स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डमा २० स्वर्ण, २० रजत र एक कास्यसहित छेस्काम मावि प्रथम भएको हो ।

प्रतियोगीतामा ८ स्वर्ण, ८ रजत, ११ कास्यसहित गुदेल मावि द्धितीय भएको छ भने ३ स्वर्ण, ३ रजत र ११ कास्यसहित सगरमाथा मावि तृतीय भएको रेफ्री संयोजक चेत बहादुर मगरले बताए ।

विजेता विद्यालयलाई महाकुलुङ गाउँपालिका उपप्रमुख विपना कुलुङले पुरस्कार वितरण गरिन् । समापन तथा पुरस्कार वितरण कार्यक्रममा वडा अध्यक्षहरु तथा वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको स्थानीय पत्रकार झलक राईले जानकारी दिए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : २५ बजे