सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । आफ्नै गाउँपालिकामा कफी प्रशोधन गरि विश्व बजारमा पुर्याउने नीति लिएको थुलुङ दुधकोशीले कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो ।
कफी कृषक तथा अन्य सरोकारवाला सङ्गको अन्तरक्रिया पछि बैज्ञानिक ढंगबाट मूल्य निर्धारण गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य समेतलाई आधार मानी “ए“ ग्रेडको पार्चमेन्ट कफीको न्यूनतम समर्थन मूल्य प्रती के.जि. रु. ६ सय निर्धारण गरिएको छ ।
राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले भने सोही कफीको मूल्य प्रती के.जि. रु.५ सय निर्धारण गरेको छ । यहि मंसिर १ गतेबाट लागू हुने गरि न्यूनतम समर्थन मूल्य निर्धारण गरि बोर्डले सार्वजनिक सूचनानै जारी गरेको छ । बोर्डको समर्थन मूल्य भन्दा प्रती के.जि. रु. १ सय बढी निर्धारण गरिएको गाउँपालिका अध्यक अि राईले बताए । थुलुङ दुधकोशी गाउँपालिका सरकार वास्तविक कृषकको उन्नतिका लागि काम गर्ने सरकार रहेको भन्दै अध्यक्ष राईले आर्थिक विकासका लागि महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
यस अघि थुलुङ दुधकोशी गाउँपालिका–८ देउसामा रहेको देउसा कृषिवन श्रोतकेन्द्रले कृषकको कफी प्रती के.जि. रु. ५ सयले संकलन गर्दै आएको थियो । गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा अगुवा कृषकले जिज्ञासा तथा सुझाव पेश गरेका थिए ।
थुलुङ दुधकोशीमा उत्पादित कफी विश्वमा नै उत्कृष्ट
थुलुङ दुधकोशीमा उत्पादन भएको कफी विश्वमा नै उत्कृष्ट रहेको अध्ययनले जनाएको छ । इको हिमाल नेपालकै पहलमा यहाँ उत्पादित कफी बेलायत र अष्ट्रेलिया लगायतको राष्ट्रमा नमुना परिक्षणको लागि पठाउदा उत्कृष्ट प्रमाणित भएको इको हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले बताए ।
नमूना परिक्षणको क्रममा कफीको नतिजा उत्कृष्ट पाएपछि कृषकलाइ थप हौसला बढेको कार्यकारी प्रमुख ढकालको भनाइ छ । केहि वर्ष अघि बारीमा लगाइएको कफी मास्न थालेका कृषकले पुनः नया विरुवा लगाउन थालेका स्थानीयवासी कृषक नेतकुमार राईले बताए । आफुले समेत केही बोट कफी मासेको अनुभव सुनाउदै उनले स्थानीय सरकारले बजारीकणको जिम् लिएपछि सहज हुने ढुक्कसँग खेती गर्ने वातावरण सृजना भएको बताए ।
पालिकमा कफी प्रशोधन हुनेभएपछी कृषक हर्षित
थुलुङ दुधकोशीले पालिकामा नै कफी प्रशोधन गर्ने भएपछि यहाँका कृषक हर्षित भएका छन । कफी निर्यातमा रोक लगाउने निर्णय गरेको पालिकाले त्यसको प्रशोधनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार अहिले कफी प्रशोधन गर्ने मेसिन खरिद लगायत अन्य संरचना निर्माणको तयारी तीब्र पारिएको छ । करिब रु.७० लाखको लागतमा उक्त परियोजनाको कार्य भैइरहेको उनको भनाइ छ ।
उपकरण खरिदमा गाउँपालिका र द ग्लासियर ट्रष्ट बेलायतको लगानी हुने छ भने अन्य तालिम लगायतमा इको हिमाल नेपालको भुमिका रहने बताइएको छ ।
यसरी आफ्नै पालिकामा कफी प्रशोधन हुनेभएपछी स्थानीयवासी कृषक हर्षित भएका छन । यस अघि आफुले उत्पादन गरेको कफीले बजार पाउने निश्चित नहुदा खेती तर्फ आकर्षण नभएको भन्दै देउसाका अगुवा कृषक युवराज राईले थुलुङ दुधकोशी सरकारको कृषि तर्फ चालेको कदमले उत्साह पैदा भएको बताए ।
कृषिमा राम्रो संभावना भएपनि सरकारको ध्यानदृष्टि नपुगेको कारण बिदेश पलायन हुनेदर बढीरहेको बेला स्थानीय सरकारको एकपछि अर्को कदमले गर्दा आफुलाइ जापन जाने अवसर प्राप्त हुँदा समेत बेवास्ता गरेको नेतकुमार राईले सुनाए ।
उत्कृष्ट कृषकलाइ पुरस्कार दिने
थुलुङ दुधकोशी गाउँपालिकाले उत्कृष्ट कृषकलाइ पुरस्कार दिने भएको छ । कार्यविधि निर्माण भइरहेको भन्दै गाउँपालिका अध्यक्ष असिम राईले राम्रो कफी उत्पादन गर्ने कृषकलाई पुरस्कार दिने बताए ।
जिल्लामा मात्रै नभई छिमेकी जिल्लामा समेत उत्पादन भएको कफीलाई थुलुङ दुधकोशी गाउँपालिकामा संकलन गरेर प्रशोधन गरि विश्व बजारमा पुर्याने अध्यक्ष राईले बताए ।