१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

काँग्रेस सोलुखुम्बुले गर्यो ११ जना महासमिति सदस्य चयन



सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुले ११ जना महासमिति सदस्य चयन गरेको छ । निर्वाचन अधिकृत महाप्रसाद फुयाँलद्वारा जारी नामावली प्रकाशनमा ११ जना महासमिति सदस्य निर्विरोध चयन गरिएको उल्लेख गरिएको छ ।

महासमिति सदस्यमा प्रत्यक्ष तर्फ प्रभुराम बस्नेत, नाम्गेल जाङबु शेर्पा, नवीन थापा, मनोज खड्का र अशोक कुमार झा निर्वाचित बनेका छन् । त्यस्तै, प्रत्यक्ष महिला तर्फ गान्धीमाया तामाङ र गीता गुरुङ चयन भएका छन् भने खस आर्य तर्फ प्रकाश कुमार बस्नेत, जनजाति तर्फ नातिकाजी गुरुङ र पासाङ शेर्पा चयन भएका छन् । जनजाति महिला तर्फ फुर्कीमा शेर्पा महासमिति सदस्यमा निर्वाचित भएकी छिन् ।

माघ १८ र १९ गते चलेको महासमिति निर्वाचन प्रक्रिया सकिएसँगै निर्विरोध निर्वाचित महासमिति सदस्यहरूको सूची जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले केन्द्रीय निर्वाचन समितिलाई पठाइएका छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ५ : २० बजे