१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने थुलुङ दुधकोशीको निर्णय



सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अध्यक्ष स्तरको बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।

जनयुद्धको जगबाट हालको व्यवस्था आएकाले यसको सम्मानको लागि बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । दिवसको अवसरमा  सार्वजनिक बिदा दिदा जनयुद्धमा साहदात प्राप्त सहिद, घाइते र बेपत्ताको सम्मान हुने उहाँको भनाइ छ । फागुन १ गते पालिकाको सबै सरकारी कार्यालय, शैक्षिक संस्था बन्द हुनेछ ।

सर्वोच्च अदालतले नेपाल सरकारको निर्णय विरुद्ध परमादेश जारी गरेपनि अहिले विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरिरहेका छन । स्थानीय सरकारको बिदा दिने निर्णयको सबैले स्वागत गरेका छन ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ४ : १० बजे