३ फाल्गुन २०८१, शनिबार | Sat Feb 15 2025

गोराखानी वडाको प्रशासनिक भवन उद्घाटन


६ फाल्गुन २०८०, आइतबार  

12
Shares

सोलुुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीको वडा कार्यालय भवन उद्घाटन गरिएको छ ।

जिल्ला समन्वय समिति अन्तरगत पर्यटन रोयल्टी रकम र नगरपालिकाको ६०–४० को लगानीमा निर्मित वडाको प्रशासनिक भवन शनिबार जिल्ला समन्वय प्रमुख कृष्ण प्रसाद निरौला, नगर प्रमुख नाम्गेल जाङबु शेर्पा र वडाध्यक्ष धनराज तामाङले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन पछि मन्तव्य राख्दै समन्वय प्रमुख निरौलाले वडाका जनप्रतिनिधिको चासो र सक्रियताले प्रशासनिक भवनले पूर्णता पाएको बताए । नगर प्रमुख शेर्पाले गोराखानी गरिखाने ठाउँ भएकाले बैँकिङ सुविधाका लागि बैँक र सुरक्षाका लागि प्रहरी चौकीको स्थापनाका लागि आफूले पहल जारी राखिएको बताए ।

वडाध्यक्ष धनराज तामाङले नमूना वडाको परिकल्पनासहित विविध समस्या झेल्दै अघि बढिरहेको बताए । पासा ामाङ, वीरब तामाङ, खवाउ तामाङ र पेम्बा तामाङले निशुल्क जग्गा उपलब्ध गराएका थिए । कार्यक्रमको अवसरमा उनीहरुलाई सम्मान गरिएको थियो । फोटो : धनराज तामाङको फेसबुक

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ५ : ५२ बजे