काठमाडौं । महासमिति बैठकमा सहभागिताको विषयमा लामो अन्यौलताका बिच सोलुखुम्बुबाट २५ जनाको सहभागिता हुने भएको छ ।
नेपाली काँग्रेस सोलुखुम्बुबाट निर्वाचित ११ जना महासमिति सदस्यसहित अन्य महाधिवेशन प्रतिनिधिले पनि बैठकमा भाग लिन पाउने गरी केन्द्रीय सम्पादन समितिले निर्णय गरेको नेपाली काँग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए ।
सोलुखुम्बुमा निर्वाचित महासमिति सदस्य ११ र अन्य महाधिवेशन प्रतिनिधि गरी २५ जना रहेका छन्।महासमिति सदस्य बाहेक अन्य प्रतिनिधिहरूको सहभागिता भने आमन्त्रित सदस्यका रूपमा रहने सभापति शेर्पाले जानकारी दिए ।
महासमिति सदस्य सम्बन्धी विवाद रहेका सोलुखुम्बुसँगै दोलखा, खोटाङ,ओखलढुङ्गा, धादिङ क्षेत्र नं १, काठमाडौं क्षेत्र नं ५, दाङ क्षेत्र नं ३, कञ्चनपुर क्षेत्र नं १,बाग्लुङ्ग क्षेत्र नं २ र सिन्धुली क्षेत्र नं २ का हकमा समेत यो निर्णय लागू हुने बताइएको छ ।
विवादका बिच महासमिति बैठकमा पार्टी सभापति त्रित सदस्यका रूपमा बाहेक अन्य प्रतिनिधि निल हुने चर्ा चलिरहेका बेला यसअघि महासमितिमा निर्वाचित सदस्यहरूले भाग लिन पाउनुपर्ने भन्दै नेपाली काँग्रेस सोलुखुम्बुका सभापति शेर्पा, खोटाङका विष्णुकुमार राई र दोलखाका सभापति बर्मा लामाले प्रेस विज्ञप्ति जारी गरेका थिए ।
निर्वाचित महासमिति सदस्यहरूले भाग लिन नपाएको खण्डमा आफूहरू समेत बैठकमा सहभागी नहुने चेतावनी समेत सभापति त्रयले दिएका थिए । तर महासमिति सदस्यहरूसँगै अन्य महाधिवेशन प्रतिनिधिहरू समेत बैठकमा सहभागी हुन पाउने निर्णय भएसँगै सोलु लगायत तीन जिल्लाको प्रतिनिधित्व महासमिति बैठकमा अन्य जिल्लाको तुलनामा दोब्बर सङ्ख्यामा हुने भएको छ ।
जिल्लाबाट प्रतिनिधित्व शून्य गराएर पार्टी सभापतिलाई असफल बनाउने संस्थापन इतर समूहको प्रयास र षड्यन्त्र केन्द्रको यो निर्णयसँगै चकनाचुर भएको जिल्लाको संस्थापन पक्षको बुझाई छ ।