१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

विवादित मन्त्रीले राजीनामा दिएकै राम्रो : केपी ओली


१३ फाल्गुन २०८०, आइतबार  

6
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने प्रतिक्रिया दिनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले साधेको प्रश्नमा उहाँले अहिलेको अवस्थामा बिभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताउनुभएको हो ।

एमालेले बालकुमारी प्रकरणमा मन्त्री प्रकाश ज्वाला, टेरामस्क प्रकरणमा मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ । अध्यक्ष ओलीले राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने जिकिर गर्नुभयो ।

समाजवादी मोर्चामा सहभागी हुन बोलाइरहेको छ नि भन्ने संचारकर्मीको प्रश्नमा ओलीले समाजवादी मोर्चाबारे थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ५ : ४८ बजे