१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा महाप्रबन्धक पुनलाई बधाई ज्ञापन


१४ फाल्गुन २०८०, सोमबार  

4
Shares

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाल सांस्कृतिक संस्थान (नाचघर)का नवनियुक्त महाप्रबन्धक किरणबाबु पुनलाई बधाई ज्ञापन गरेको छ । 

सोमबार पुनकै कार्यकक्षमा पुगेर लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम सहित पदाधिकारी तथा सदस्यहरूको टोलीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो । 

अध्यक्ष गौतमले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल सांस्कृतिक संस्थान र लोक सञ्चारकर्मी नेपाल बिच संस्कृति संरक्षण र प्रवर्द्धनको सवालमा सहकार्य आवश्यक रहेकोमा जोड दिए । बधाई पत्र ग्रहण गर्दै संस्थानका महाप्रबन्धक पुनले लोक संस्कृति जर्गेना गर्ने जिम्मा मैले पाएकाले सोही मर्म अनुसार अघि बढ्ने अठोट गरेको बताए । 

‘इमानदारिता प्रकट गर्नु छ । संस्कार, संस्कृतिलाई संरक्षण, संवर्द्धन, विकास र पुस्तान्तरणका लागि काम गर्नु छ । संस्कृतिलाई उत्पादनसँग जोड दिई सांस्कृतिक पर्यटन र उद्योगका रूपमा विकास गरी पुस्तान्तरणसहित सम्वृद्धिसँग जोड्नका लागि लाग्नु छ ।’पुनले भने ।

पुनलाई बधाई दिन लोक सञ्चारकर्मी नेपालका अध्यक्ष गौतमसहित वरिष्ठ उपाध्यक्ष सुदर्शन प्रसाद आचार्य, सचिव कमल सरगम, प्रवक्ता शिखर गजरकोटे, महिला विभाग प्रमुख सविता पोखरेल र सदस्य बाबुराम सिग्देल नाचघर पुगेका थिए ।

नेपाल सरकारको निर्णय अनुसार नेपाल सांस्कृतिक संस्थान (नाचघर)को महाप्रबन्धकमा नियुक्त भएका पुनले माघ ८ गते पदभार ग्रहण गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ११ : १७ बजे