१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङमा सकियो पालिका स्तरीय खोप समन्वय समितिलाई अभिमुखीकरण


१५ फाल्गुन २०८०, मंगलबार  

54
Shares

सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले दादुरा रुबेला खोप अभियान व्यवस्थापन तथा नियमित खोप सुदृढीकरणबारे पालिका स्तरीय खोप समन्वय समितिलाई एक दिने अभिमुखीकरण सम्पन्न गरेको छ । 

मङ्गलवार पालिकाको सभा हलमा गरिएको अभिमुखीकरणमा पालिका अध्यक्ष सूर्य बहादुर कुलुङ, उपाध्यक्ष बिपना कुलुङ, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू, महाकुलुङ स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्य, महाकुलुङ प्राथमिक अस्पताल डाक्टर हरि बहादुर कटुवाल, प्रशासन प्रमुख वसन्त राई, वडाको स्वास्थ्य शाखा इन्चार्जहरू, स्टार्फ नर्स सुमिता कुलुङ लगायतको उपस्थिति रहेको थियो । 

पालिकाले आगामी फागुन २९ देखि चैत्र ३ सम्म दादुरा रुबेला खोप अभियान सञ्चालन गर्दै छ । चालु आर्थिक वर्षमा कोभिड १९ र दादुरा रुबेला खोप अभियान सञ्चालनका लागि  एक लाख ४५ हजार र नियमित खोप सुदृढीकरण कार्यक्रम सञ्चालनका लागि एक लाख ५२ हजार बजेट विनियोजन गरिएको छ ।

पालिकाका सबै बालबालिकाहरूलाई सत प्रतिशत खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य पालिका अध्यक्ष सूर्य बहादुर कुलुङले बताए । पालिकाको तथ्याङ्क अनुसार महाकुलुङ प्राथमिक अस्पताल बुङमा ३८३ जना, महाकुलुङ २ स्थित पेल्माङ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २२६ जना, महाकुलुङ ३ छेस्काम स्वास्थ्य चौकीमा ३८५ जना, महाकुलुङ ४ तुमाऊ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २०४ जना र महाकुलुङ ५ गुदेल स्वास्थ्य चौकीमा १७५ जनालाई दादुरा रुबेलाको खोप लगाउने तयारी गरिएको शाखा प्रमुख हरिप्रसाद आचार्यले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ९ : ११ बजे