१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङका २६ कृषकलाई आलु चिप्स बनाउने तालिम


१८ फाल्गुन २०८०, शुक्रबार  

62
Shares

सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले २६ जना कृषकलाई आलुको चिप्स बनाउने २ दिने तालिम प्रदान गरेको छ ।

तालिम जी फाउण्डेशनको आर्थिक र प्राविधिक सहयोग र पहाडी विकास संरक्षण नेपाल संस्थाको आयोजनामा बुधबार र विहीबार बुङमा चलेको हो ।

कृषकहरुको आय स्तरमामा वृद्धि गर्ने, स्थानीय स्तरमा फलेको आलुको चिप्स तयारी गरि बजारीकरण गर्ने र प्राङगरिक चिप्सलाई प्राथमिकता दिने उद्देश्यले तालिमको आयोजना गरिएको जी फाउण्डेशनका कृषि प्राबिधिक ईश्वर कुमार बस्नेत बताए ।

तालिममा मिलिजुली कृषक समुहबाट १२ जना, पारुहाङ कृषक समुहबाट ७ जना, सुम्निमा कृषक समुहबाट ७ गरि २६ जनाको सहभागिता रहेको थियो । । चेन्जिङ नेपाल प्राईभेट लिमिटेड भक्तपुरका प्राविधिक शेखर कुमार चौधरीले तालिमको सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १२ : १२ बजे