१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

ओम चाबहिल डेण्टलको सामाजिक काम, रामेछापमा गर्दै छ निःशुल्क दन्त शिविर


२२ फाल्गुन २०८०, मंगलबार  

68
Shares

काठमाडौँ । काठमाडौँको चाबहिल र कोटेश्वरमा सञ्चालित ओम चाबहिल डेण्टल हस्पिटलले रामेछापमा बृहत् निःशुल्क दन्त शिविर गर्ने भएको छ ।

खाँणादेवी गाउँपालिका, जर्मन नेपाल सहयोग सङ्घ (GHNA), विकासको लागि एकता, धुलिखेल अस्पताल र रामेछाप सामुदायिक आँखा केन्द्रको संयुक्त आयोजनामा फागुन २८ देखि चैत्र १ सम्म हुने बृहत् निःशुल्क दन्त तथा जनरल स्वास्थ्य शिविरमा ओम चाबहिल डेण्टल हस्पिटलले प्राविधिक सेवा दिन लागेको हो ।

फागुन २८ मा खाँणादेवी ६ हाटेचौर, फागुन २९ मा खाँणादेवी ५ पकबास स्वास्थ्य चौकी, फागुन ३० मा खाँणादेवी ७ स्वास्थ्य चौकी र चैत्र १ मा खाँणादेवी ८ मन्थली चिसापानीमा शिविरको आयोजना गरिने ओम चाबहिल डेण्टल हस्पिटलका प्रबन्धक कृष्ण घिमिरेले जानकारी दिए ।

शिविरमा ओम चाबहिल डेण्टलले दाँत सम्बन्धी सेवा प्रदान गर्नेछ भने अन्य निकायले आँखा, जनरल स्वास्थ्य परीक्षण हुनुका साथै अल्ट्रा साउन्ड, स्वास्थ्य शिक्षा तथा परामर्श र औषधि वितरण गरिने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ३१ बजे