१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

चाबहिलबाट सम्पर्कविहीन बनेका सोलुका तीन किशोरी परिवारको सम्पर्कमा


२३ फाल्गुन २०८०, बुधबार  

422
Shares

काठमाडौँ । काठमाडौँ चाबहिलबाट सम्पर्कविहीन बनेका सोलुखुम्बु सोताङका तीन किशोरी सामाखुसीबाट परिवारको सम्पर्कमा आएका छन् ।

सोमबार परिवारलाई समेत थाहै नदिइ सोताङबाट सुमो चढेर काठमाडौँ आएका प्रमीला राई, मेन्दा शेर्पा र लाक्पा दिकी शेर्पा चाबहिलबाट सम्पर्कविहीन बनेका थिए ।

प्रमीलाका दाइ किरण राईले मंगलबार सामाखुसीबाट परिवारको सम्पर्कमा आएको सानदार न्युजलाई बताए । उनले भने, ‘एक जब सेन्टरमा डकुमेन्ट बुझाएर काम लागेको अवस्थामा तीन किशोरी परिवारको सम्पर्कमा आएका छन् ।’

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : १० बजे