१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङमा आधारभूत तहका बालबालिका अपाङ्गताको प्रारम्भिक पहिचान सम्बन्धी अभिमुखीकरण  


२५ फाल्गुन २०८०, शुक्रबार  

46
Shares

सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले आधारभूत तहका शिशु कक्षा देखि कक्षा ३ सम्मका बालबालिकाको अपाङ्गको प्रारम्भिक पहिचान सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।

बिहीबार पालिकाको सभा हलमा सम्पन्न अभिमुखीकरणमा आधारभूत तहका शिशु कक्षा देखि कक्षा ३ सम्मका बालबालिकाको अपाङ्गको प्रारम्भिक पहिचानका लागि शिक्षक, कर्मचारी र प्रधानाध्यापक मध्येबाट  १ गरी १८ जना सहभागी थिए । विद्यार्थीको अपाङ्गताको प्रारम्भिक पहिचानका अभिमुखीकरण गरिएको शिक्षा शाखा प्रमुख झमक बहादुर कटुवालले बताए ।

अभिमुखीकरणमा अपाङ्गताको परिचय र प्रकार, नेपाल सरकारलाई पाउने सेवा सुविधा, अपाङ्गताको प्रारम्भिक पहिचान गर्नु लैङ्गिक समानता र समावेशीकरण बारेमा करुणा फाउन्डेसन नेपालका पालिका संयोजक विवेक खतिवडा,  शिक्षा शाखा प्रमुख झमक बहादुर कटुवाल र सहायक कुबिर धन कुलुङले सहजीकरण गरेका थिए ।

महाकुलुङ गाउँपालिकाका सामाजिक तथा शिक्षा विकास समिति तथा महाकुलुङ १ का वडा अध्यक्ष पर्खिधन राईको अध्यक्षता भएको अभिमुखीकरणमा हिमालयन ट्रष्ट नेपाल संस्थाका निलम कुमारी चन्द,  महाकुलुङ गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको स्थानीय पत्रकार झलक राईले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ८ : ३६ बजे